|

कोरोना भाइरस (कोभिड १९) का कारण जापानी कमेडियन केन शिमुराको निधन भएको छ । 

७० वर्षीय शिमुरा अस्वस्थ भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। २३ मार्चमा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना भाइरस पोजिटिभ देखिएको थियो। केन कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन्। 

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए। उनले  विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका) लगायतका चरित्र निभाएका थिए।

जापानमा हालसम्म  कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.