मुनाफाखोर अर्थब्यवस्था र सर्वसाधारणको हितको प्रश्न

|

डा विदुर पराजुली

विकास जहिले पनि न्यूनतम मानवीय दायराभित्र अटेको हुनुपर्दछ। मानवसुरक्षा र समृद्धि  विकासको पहिलो सूचक मानिनुपर्छ। यो सम्पूर्ण मानिसको हित रक्षामा केन्द्रित हुनु पर्दछ।

अझ अहिले विश्‍वनै  एउटै ´ग्लोबल भिलेज`का रूपमा परिभाषित भइरहेको छ।  सरुवा रोगहरूको  नियन्त्रण र उपचारलाई एकल राष्ट्रिय निकायभन्दा एक कदम अगाडि बढेर स्वास्थ्यसम्बन्धी  विश्‍वव्‍यापी साझा विश्‍व स्वास्थ्य संगठन (अहिलेकै जस्तो चाहिँ होइन) लाई नै सम्पूर्ण जिम्मा दिँदा पनि त सजिलै हुने थियो।

कमसेकम एउटै सेवा भए पनि गरिब वा धनी मात्रले पाउने भन्‍ने विभेदबाट मुक्त भएको महसुस गर्न पाइने त थियो। किनकि सरुवा रोगले त यो वा त्यो देश वा गरीब वा धनी छुट्याउदो रहेनछ।

आर्थिक समृद्धि  नभै केहि पनि हुँदैन भन्ने मान्यता विश्‍वभर जबर्जस्त स्थापित भयो। आर्थिक समृद्धिले मात्रले पनि आखिर संकट छेक्न नसक्ने रहेछ। तसर्थ अब  केवल नाफा केन्द्रित हामी र हाम्रा तरिका वा राज्यका नीति  नियम नै परिवर्तन किन नगर्ने? के आर्थिक समृद्धि भनेको मुनाफा सहितका कृयाकलाप वा सेवा मात्र हुन्?

आफैलाई बिर्सँदा 

हामी आज हाम्रा दर्शनलाई बिर्सिएर केवल अर्थ केन्द्रित  प्रणाली अन्तर्गत स्वास्थ्य जस्तो संबेदनशिल  बिषयलाई पनि नाफै हुनुपर्ने अर्थ ब्यवस्थामा लगेर जोडिदियौ।यसले पनि नाफै कमाएर चल्नु पर्दछ भन्ने मानसिकतामा स्वास्थ्य सामग्री होस वा स्वास्थ्यकर्मी उत्पादन र विकास गर्ने निकायलाई पनि राज्य आफुले सन्चालन नगरेर निजिकरण र कम्पनिकरण गरिदियौं।

विश्‍वमा मानव स्वास्थ्यको बिषय परापूर्वकालदेखि नै महत्वपूर्ण रुपमा  ब्याख्या भएको पाइन्छ। हाम्रो पूर्वीय दर्शन अन्तर्गत लिखित दस्तावेजलाई  हेर्ने हो भने पनि वेदलाई मुख्य चार भागमा विभाजन गर्दा आयुर्वेद अन्तर्गत स्वास्थ्यलाई एउटा अलग्गै भाग बनाइएको छ। अर्थ र स्वास्थ्यलाई छुट्टाछुट्टै विषय बनाएर ब्याख्या गरिएको छ।

अब हेर्नुहोस् त स्वास्थ्य जस्तो मानवीय र संवेदनशील बिषयले पनि भौतिक विकासमा लागेका ठूला-ठूला कम्पनीहरूसँग होड गर्नुपर्ने भयो। परिणामत: थाहा नै छ यसरी होडबाजीमा विकसित स्वास्थ्य प्रणाली आममानिसको पहुँचमा हुँदैन। त्यो ज्यादै महँगो हुन्छ। किनकी यी कम्पनीका उत्पादनले पनि अमेजन, एप्पल, टोयोटा वा टेस्लासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। मुनाफा नदिने कम्पनी बन्द गर्नु पर्ने हुन्छ।

निजीकरण गरी चलाइएका संस्था किन बन्द हुन्थे र? बरु आफ्ना सेवाहरू महँगो बनाइदियो भइहाल्यो। आममानिस सर्वस्व गुमाएरै पनि प्राण बचाउन बाध्य छन्। सिद्धान्तत कुनै प्रविधि आममानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुँदैन भने त्यसलाई प्रविधि नै मानिँदैन। तर नाफाखोर राज्य ब्यवस्था किन त्यसलाई प्रश्रय दिइहरेछ। तपाईं आफैं सोच्नुहोस, अब हाम्रा स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी कसका लागि उपलब्ध हुन्छन् त?

एकध्रुवीय विश्‍वको परिणाम

यो प्रतिस्पर्धामा जाँदा स्वास्थ्य मात्र नभइ आममानिस आधारभूत आवश्यकता  गाँस,  बास, कपास र शिक्षाबाटसमेत बन्चित हुँदैछन्। गुणस्तरविहीन सेवा मात्र उनीहरूको पहूँचमा छ। ध्यान दिनुपर्ने कुरा के भने,आधारभुत सेवाहरूलाई समेत आर्थिक प्रतिस्पर्धामा लैजादा आज विकसित र गरीब सबै मानिसहरू यस्को अभावमा परेको स्पष्ट भैसक्यो।

इतिहास साक्षी छ, कुनैबेला सोभियत संघ (USSR) र युरोप  लगभग सरुवा रोग उन्मुलनको अवस्थामा पुग्‍न लागिसकेका थिए। औलो जस्ता रोगहरू पनि उन्मुलनकै अवस्थामा  पुगेका थिए। तर आज फेरि किन विकसित भनिएका देशहरू नै सरुवा रोग नियन्त्रणमा यति सारो पछि परेका त?

कुरा स्पष्ट छ, त्यति बेला उनिहरू जनकल्याणकारी ब्यवस्थालाई बलियो बनाउँदै थिए।आममानिस वा राज्यसँग आधारभूत सामग्री सधैं हुनुपर्दछ भन्दथे। त्यसलाई आर्थिक मुनाफाखोरी अर्थ ब्यवस्थाबाट टाढा राखेका थिए।

समयको गतिसँगै  विश्‍व एकध्रुवीय आर्थिक साम्राज्यको चपेटामा पर्दै गयो। सबै राज्य वा राज्य ब्यवस्थाहरू नाफाका लागि आफ्ना आधारभुत सेवा सामग्रि समेत नाफाखोर कम्पनिहरूलाई हस्तान्तरण गरियो। फलस्वरुप सरुवा रोग त्यस्मा पनि immune responce दिने खालका खोप वा औषधिहरूको विस्तारमा पनि पछाडि परे।

समयमै उचित लगानी र ध्यान पुर्याइराखेको भए यस्ता खोप वा औषधि बनाउन यति पछाडि परिने थिएन। किनकी सरुवा रोग नियन्त्रण, खोप र औषधि विकासका यी प्रविधिहरूका तौर तरिकाहरूको सुरुवात धेरै पहिल्यै भएको थियो। सरुवा रोग नियन्त्रणमा क्‍वारेन्टाइन र आइसोलेसन हाम्रै पूर्वीय उपचार पद्दतिमा नै थियो। तर पछि यसलाई पनि व्यक्तिको मौलिक हकसँग जोडेर ध्वस्त पारियो।

अहिले कतिपय देशमा महामारी ढोकैमा आइपुग्दा पनि क्‍वारेन्टाइन र आइसोलेसन विधिलाई त्यसैसँग जोडेर ढिलाई गर्दा सिंङ्गो युरोप र अमेरिका महामारिको चपेटामा परी सक्यो। विश्‍व कनेक्टिभिटिको कारण हाम्रा जस्ता गरीब देशहरूमा पनि यो फैलिदै गयो। हामी यसको मुकदर्शक मात्रै छौँ।

विश्‍वमा खोप आविष्कारको प्रयास लुइस पाश्चरकै पालादेखि नै शुरु भइ आज निकै उन्‍नत प्रविधिसम्म आइपुगेको छ। तर खोप विकास गर्न लाग्ने मूल्य अलिक महँगो नै हुन्छ। अझ खोपको विकासपछि यसलाई सर्वसाधारणको पहूँचमा पुर्याउन सित्तैमा नै दिनु पर्ने हुन्छ।

जुन नाफाखोरी व्यवस्थाको टाउको दुखाइ नै हुने भयो किनकि सित्तैमा त उ केही गर्दैन। जुन, औषधि उत्पादन र यसको विक्री वितरण पनि  जोडिन्छ र उ गर्दै गर्दैन वा चाहँदै चाहँदैन। किनकी यो व्यवस्थाले त्यो खोप अन्वेषण गर्ने वैज्ञानिकलाई भन्दा कुनै फिल्म इन्डस्ट्री वा फुटवलरलाई बिज्ञापन बापत हजारौं गुणा बढी तलब दिने गर्छ।

असुरक्षित मानसिकताको उपज

- मानिस स्वस्थ भए मात्र बाँच्दछ र उसको विकास सम्भव छ भन्ने मान्यतामा आर्थिक  उन्‍नतिको सूचक  त्यसलाई मात्र मान्ने जुन देशका नागरिक स्वस्थ छन् र उनिहरूको पहुँचमा धन र उपभोग्य वस्तु मात्र होइन स्वास्थ्य सेवा र सामग्री सहज छन्।

- राज्यले नीतिमा मात्र नभइ कार्यान्वयन तहमै कम्तिमा स्वास्थ्य सेवा र यससँग सम्बन्धित सबै निकाय आफ्नै मातहतमा मात्र राख्ने र सेवा प्रवाह गर्ने। किनकी राज्य आम नागरिकको हो, अझ प्रजातान्त्रिक अंकगणितका हिसाबले  हेर्ने हो भने पनि कोही शासक  विजयी हुन चाहिने मत  मुनाफाखोरहरूको भन्दा आमनागरिककै कयौँ गुणा बढी हुन्छ !

झण्डै आठ अर्ब मानव जीवनलाई आश्रय  दिएको यो पृथ्वीमा आजसम्म कोरोनाका कारण कोभिड-१९ ले छोएको त लगभग सात आठ लाख जतिलाई मात्रै हो। रोगले छोए पनि ज्यान गुमाउने त अहिलेसम्म जम्मा ३५ हजार हाराहारीमा न हो। लाख भन्दा बढी मान्छे त निको भै पनि सके ! बित्थामा हामी किन धेरै आत्तिएका`!  कोभिड-१९ ले विश्‍व महामारीको रूप लिइरहँदा एक कोणबाट यस्तो तर्क पनि आउँदै छ। रोग परास्त गर्ने सन्दर्भमा पक्कै पनि यी हौसला बन्‍न सक्लान्। तर जुन गतिमा सारा विश्‍व अदृश्य भाइरसको बन्धक बनेको छ, त्यस हिसाबले आज कोही यो पनि मान्‍न तयार छैनन् कि ´हामी सुरक्षित छौँ!

समयमै उचित लगानी र ध्यान पुर्याइराखेको भए यस्ता खोप वा औषधिहरू बनाउन यती पछाडि परिने थिएन। किनकी सरुवा रोग नियन्त्रण, खोप र औषधि विकासका यी प्रविधिहरूका तौर तरिकाहरूको सुरुवात धेरै पहिल्यै भएको थियो।  सरुवा रोग नियन्त्रणमा क्वरन्टाइन र आइसोलेसन हाम्रै पूर्वीय उपचार पद्दतिमा नै थियो। तर पछी यसलाई पनि व्यक्तिको मौलिक हकसँग  जोडेर ध्वस्त पारियो।

जब राजनीति जनताका आधारभूत आवश्यकता परिपूर्ति  गर्नेतर्फ लाग्दैन, राजनीतिक वादहरू कसरी समाप्तितर्फ जाँदा रहेछन भन्‍ने आफ्नै आँखाले देख्‍न पाइँदो रहेछ। राज्य र यसका निकायलाई गलत अर्थब्यवस्था थोपरिदिँदा ऊ केवल केही सीमित स्वार्थका निम्ति पूँजी थुपार्ने काममा मात्र उद्यत हुँदो रहेछ। ऊ आर्थिक साम्राज्य बिस्तार गर्ने क्रममा केवल बहरुराष्ट्रिय कम्पनी जस्तो देखिन्छ। उसको सम्पूर्ण ध्यान आर्थिक होड मच्चाउने  र आर्थिक हतियार प्रयोग गरी अरु राज्यहरूलाई पनि आफ्नो स्वार्थ अनुकूलको कम्पनी जस्तो नै बनाउने प्रयत्न गर्दछ, भाइरसले जस्तै।

स्वास्थ्य मुनाफाको बिषय होइन

उसको ठूलो मुनाफा वा आर्थिक आम्दानी समाजिक जिम्मेवारीमा नभई भौतिक विकासमा मात्र केन्द्रित गर्दछ। झन आजभोलि त राजनीतिक नेतृत्व नै ब्यापारी वा ठेकेदारहरूलाई हस्तान्तरण भएको पाइन्छ। जसले जनसुकै उपायबाट पनि आर्थिक मुनाफा गर्न सफल हुन्छ। त्यो नेतृत्वले जनाताका आधारभुत आवश्यकतालाई यतिसम्म बिर्सन्छ कि देशको जनस्वास्थ्यमा सर्वसाधारणको पहूँचको अवस्था (public health delivery system) नै समाप्त पार्दछ।

यति हुँदाहुदै पनि ´ विकासको उत्कर्ष चुमेको मानिने देशहरूले अझै पनि भन्न छोडेका छैनन ´आधा विश्‍व खान नपाएर रोइरहेको छ। उत्पादन प्रणाली, विकास, राजनीतिक र सामाजिक चेतना, राजनीतिक संस्कार, शिक्षाको गुणस्तर र शासन प्रणालीको कमजोर कडि समाउदै भन्न खोजेको मुलतः गरिब देशका जनता प्रति नै हो। तर आज ´विकास, वैभव र सभ्यता`को मानक लेखेर बस्ने देशहरू नै लाचार बन्दैछन।

जसको परिणाम उनिहरुसँग आज सामान्य सरुवा रोग नियन्त्रण गर्न चाहिने पारासिटामोल,मास्क,पन्जा, स्यानिटाइजर पनि हुँदैन। जुन कुरा हरेक स्वास्थ्य समस्यामा आवश्यक हो। यो हरेक स्वास्थ्यकर्मिको पहिलो आवश्यकता हो। राज्य यी वस्तुहरूको उत्पादनमा ध्यान दिदैन किनकी ति अत्यन्त सस्ता छ्न र ठुलो  मुनाफा दिंदैनन्।

ऊ  यसकालागि अरु देशको भर पर्दछ वा यस्का लागि परनिर्भर बनेको थाहा नै पाउँदैन। तर पनि ऊ आफू बढी मुनाफा हुने हातियार, न्यूक्लियर पावर स्टेसन, रकेट,  जेट उत्पादनमा मात्र ध्यान केन्द्रित  गरिरहन्छ। जसबाट अन्य देशहरूलाई आफ्नो प्रभावमा पार्न सकियोस र अतिरिक्त शक्ति आर्जन होस। स्मरण रहोस, शक्ति आर्जनको होडमा उ यती साह्रै निरिह बन्दछ कि संसारकै सबैभन्दा सानो बिषाणु भाइरसको चपेटामा परि अरुसँग गुहार खोज्ने हुन्छ।

युद्ध लड्नुपरे ´विश्‍वलाई नै लपेट्न सक्छु` भन्ने गरि हाँक दिने देशमा  जिवाणु मार्न वा फैलिन नदिन आवश्यक सामान्य वस्तुहरू समेत हुँदैन र भएका बस्तु पनि केही हप्तामै डिपार्टमेन्ट स्टोरबाट सफाचट  हुन्छन। जहाँ यो भाइरससँगको ´युद्ध` जित्न उसका रकेट वा स्याट्लाईटहरू निकम्मा  हुन्छन।

जुन हतियारको त्रासबाट पृथ्वीमा मात्र नभइ अन्तरिक्ष समेत कब्जा गर्ने उसको योजना धरासायी जस्तो देखिन्छ। ´ब्रह्माण्ड कब्जा गर्ने तागत मैसँग मात्र छ` भन्ने ´मानसिकता` बोक्ने देश आज एउटा अति सुक्ष्म जीवाणु भाइरसको कब्जामा छ। ऊ मास्क वा सामान्य उपकरणको अभावमा आफ्ना नागरिकहरूको मृत्यु टुलूटुलू हेर्न बाध्य छ।

यहाँ उसको आर्थिक आर्जन र विश्‍व नियन्त्रणको तरिका ठ्याक्कै भाइरससँग मेल खाएको देखिन्छ। भाइरस एउटा त्यस्तो बिषाणु हो जस्को जेनोम अर्थात डिएनए र आरएनएले अरु जीवित कोषहरूमा पसेर उनीहरूको जेनेटिक प्रणालिलाई नियन्त्रणमा लिएर आफ्नो संख्या बृद्धि गर्दछ र अन्तत: उसलाई मार्छ। आफ्ना नयाँ संख्याले अरु धेरै भन्दा धेरै कोषहरू त्यही तरिकले कब्जा गर्ने र मार्ने गर्दछ। यसरी एक दुई हप्तामा ऊ अरु मानिसमा सरेर जाने गर्दछ र संक्रमण निकै रफ्तारमा बढ्ने गर्दछ। यो लडाईंमा मानिस र उसले विकास गरेका प्रविधिहरू सूक्ष्म भाइरस भन्दा निकै कम्जोर देखिन्छ, जसरी आज ´शक्तिशाली अमेरिका` कमजोर देखिँदै छ।

आज, अमेरिकाको न्यूयोर्क, इटालीको रोम वा फ्रन्सको पेरिस लगायतका पुँजीवादको बैभव बोकेका शहरहरू अब जम्माजम्मी १० दिन पनि अति आवश्यक वस्तुहरू नपुग्ने हिसाब गरिराखेका छन्। ८० वर्ष पुगेका आफ्ना जननीहरूलाई उपचार गर्न सक्दिनँ भनेर रोइरहेका छन! आफ्नो पूँजीवादी ब्यवस्था मरिराखेको हेर्न बाध्य छ। र त बिख्यात अमेरिकी प्रोफेसर रोबेर्ट रेख नै यस्तो ब्यवस्थालाई ´देखाउन नमिल्ने गन्हाएको अंगसँग तुलना गर्दछन।

यति हुँदाहुदै पनि ´ विकासको उत्कर्ष चुमेको मानिने देशहरूले अझै पनि भन्न छोडेका छैनन ´आधा विश्‍व खान नपाएर रोइरहेको छ। उत्पादन प्रणाली, विकास, राजनीतिक र सामाजिक चेतना, राजनीतिक संस्कार, शिक्षाको गुणस्तर र शासन प्रणालीको कमजोर कडि समाउदै भन्न खोजेको मुलतः गरिब देशका जनता प्रति नै हो। तर आज ´विकास, वैभव र सभ्यता`को मानक लेखेर बस्ने देशहरू नै लाचार बन्दैछन्।

विकास, शक्ति संघर्ष र पूँजी निर्माणको होडमा हिजोको शक्तिशाली देशका जनता र गरिब देशका जनताको ´क्रन्दन धुन` छुट्याउन अब निकै सूक्ष्म तरिकाले सुन्नु पर्ने हुन्छ ! रोग नियति र भवितव्य हो। यसमा बहस गर्नै परेन,तर रोगसँग लड्न मिसाइल वा न्युक्लियर अस्त्र निकम्मा हुदो रहेछ।

कोभिड-१९ पूँजीवादको अर्को रुप

पूँजीवादले जसरी समाजमा हस्तक्षेप गर्यो,कोरोना भाइरस पनि ठ्याक्कै त्यसैगरि फैलियो !

विश्‍वको राजनीतिक  शक्ति सन्तुलन र अर्थतन्त्रका हिसाबले अमेरिका एक नम्बर मानिँदै आएको छ। यस विपरित पूँजीबादी अर्थ व्यवस्थाको नेतृत्व पनि अमेरिकाले नै गरेको छ। विश्‍वको ´नम्बर एक`अर्थतन्त्रका प्वालहरू कहाँ कहाँ थिए भनेर जान्‍नका लागि  त्यहाँको  स्वास्थ्य बिमा र स्वास्थ्यनीतिमा देखिएका  कमजोरी हेरे पुग्छ।

हिजो सबैथोक साबिक हुँदा ´अमेरिकामा कुनै पनि चिज कहिल्यै सकिँदैन` भन्ठान्‍ने आवासीय र आप्रवासी अमेरिकीहरू आज ´अमेरिकामा केही पनि पुग्दैन` भन्‍ने `डर` पाल्ने भैसके। त्यसैको प्रतिकात्मक हुनु पर्छ ! डोनाल्ड ट्रप्टले घुमाउरो पारामा भनिसके `थप एक सातापछि अमेरिकी अर्थबजार नखोल्ने हो भने कोरोना भाइरसका कारणले भन्दा धेरै मानिस डिप्रेसनका कारण मर्ने छन। यी त विश्‍व परिदृश्यका केही संश्लेषणात्मक संकेत मात्र हुन।

महामारीको भूमरीबाट बच्‍नका लागि गरिने राज्यस्तरको ब्यवस्थापन कस्तो हुनु पर्छ भन्‍ने ´डक्ट्रिन` अब अमेरिकाले चीन, सिंगापुर,दक्षिण कोरिया वा जापानबाट सिक्नु पर्ने हुन सक्छ। युरोप त यति त्रस्त बन्यो कि तत्काल उसले आफ्नो सन्‍निकट छिमेकीलाई पनि चिन्‍न सक्ने आँट छैन। के अब आशा गर्न सकिएला? नाफाखोर पूँजीवादको चास्‍नीमा डुबुल्की मारेको विश्‍व अर्थब्यवस्था अब जनजीविकासँग जोडिने वस्तुको उत्पादनमा फर्केला? साँचो अर्थमा जनउत्तरदायी बन्ला?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.