|

ओखलढुंगा : ओखलढुंगामा विदेशबाट घर फर्कनेहरुको तथ्याङ्क लिन सुरु गरिएको छ। कोरोनाको सम्‍भावित संक्रमण रोक्न विदेशबाट जिल्ला प्रवेश गर्नेको तथ्यांक लिन थालिएको हो।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको सहयोगमा दैनिकरुपमा विदेशबाट फर्कनेको तथ्यांक संकलन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद भट्टराईले बताए। दैनिकरुपमा बिहान र बेलुका अपडेट गर्नेगरी स्थानीय तहसँग विदेशबाट फर्किनेको तथ्यांक लिइरहेको र कोरोनाको संभावित संक्रमण हुन नदिन तथ्यांक लिइएको उनको भनाई छ।

दुई सातायता विदेशबाट जिल्ला प्रवेश गर्नेको संख्या १ सय ७ पुगेको छ। विदेशबाट फर्कने १०७ मध्ये ५ युवा क्वारेन्टाइनमा रहेका छन्। बाँकी १ सय २ युवालाई होम क्वारेन्टाइनमा राखिएको छ। हालसम्म वैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई कुनै पनि कोरोनासँग सम्बन्धित लक्षण नदेखिएको उनको भनाइ छ। जिल्लामा हालसम्म २६ स्थानमा १७६ शैय्‍याको क्वारेन्टाइन निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.