वीर र पाटनका तीनजनाको स्वाब ल्याबमा

|

काठमाडौं : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ। सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी सोमबार दिएका छन्। 

गत चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले उनको स्वाब परीक्षणका लागि आइतबार काठमाडौं पठाइएको थियो। 

त्यसैगरी सोमबार वीर अस्पतालमा सोमबार मृत्यु भएका दुईजनाको थ्रोट स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिए। उनले वीर अस्पालमा ज्यान गुमाएका पुरुसमा रक्तचाप र मधुमेहका बिरामी थिए। 

त्यस्तै कालिमाटीतिर बस्‍ने भारतीय महिला पनि ज्वरो आएर अस्पतालमा आएको उनले जानकारी दिए। तर उनमा पनि कोरोना पुष्टि नभएको उनले बताए। 'दुवैको थ्रोट स्वाब परीक्षण हुँदैछ, अहिले नै कोरोना भयो भनेर हल्ला गर्नु गलत हो', उनले भने, 'हामी धमाधम नमूना परीक्षण गरिरहेका छौं। केही दिनयताका रिपोर्ट नेगेटिभ आएका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.