|

तनहुँ : लकडाउन उल्लंघन गर्नेप्रति जिल्ला प्रहरी कार्यालय कडा रुपमा उत्रिएको छ। लकडाउन उल्लंघन गर्ने ६० व्यक्तिहरुलाई नियन्त्रणमा तनहुँ प्रहरीले चर्को घाममा राखेर प्रशिक्षण दिएको छ। ५६ पुरुष र तीन महिलालाई नियन्त्रणमा लिई चर्को घाममा राखेर एक घण्टा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। 

‘उल्लंघन गर्ने उनीहरुलाई कोभिड १९ को संक्रमण र सचेतनाका बारेमा प्रशिक्षण दिइएका छौं,’ सिलवालले भने। प्रशिक्षणमा कोभिड १९को संक्रमण, लक्षण, असर, बच्नेबारे जानकारी गराइएको डिएसपी लीलाराज लामिछानेले बताए। समातिएका उनीहरुलाई आइन्दा लकडाउन नगर्ने सर्तमा छाडिएको लामिछानेले बताए। 

नगरपालिकाले छर्कियो किटनाशक औषधि 

व्यास नगरपालिकाले कोभिड १९ फैलन नदिनका लागि सोमबारदेखि किटनाशक औषधि छर्किन सुरु गरेको छ। तनहुँको सदरमुकामका विभिन्न भिडभाड हुने तथा तरकारी भण्डारण एवं बिक्री वितरण क्षेत्रमा किटनाशक औषधि छर्किएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.