|

म्याग्दी : म्याग्दीको बेनी अस्पतालमा सोमबार कोरोनाका लक्षण देखिएकी एक युवतीलाई आइसोलेसनमा भर्ना गरिएको छ। छिमेकी जिल्ला बागलुङ घर भई हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने २७ वर्षीया युवतीलाई सम्भावित लक्षण देखा परेपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डा. मनोज घिमिरेले बताए।

‘श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालको सम्र्पकमा आउनुभएको थियो, विदेशबाट आउनुभएका बिरामीको आफन्त पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ डा घिमिरेले बताए। विदेशबाट आएका आफन्तलाई समेत ज्वरो, रुघाखोकी देखिएकोले थप चेकजाँच गर्न अस्पतालमा ल्याउने तयारी भइहेको छ। स्वास्थ्य परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको लक्षण हुन सक्ने भन्दै सचेत भएर उनी आफैं अस्पताल पुगेकी चिकित्सकको भनाइ छ। उनको स्वाब मंगलबार परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको बेनी अस्पतालले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.