समाज

ग्यास अभाव छैन्, ८७ हजार सिलिन्डर वितरण

चैत १८, २०७६

    काठमाडौं : नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ।

    यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो। चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

    उपाध्यायले भने, “भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ, हामीले बजारमा पठाएका पनि छौँ तर ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौँ, दैनिक विवरण आउन थालेको छ, ग्यास पाएनौँ भन्नेहरूको समस्या समाधानका लागि नै दैनिक विवरण लिएर काम गरेका छौँ, ग्यासको अभाव छैन, ग्यास पाइन्छ।”

    काठमाडौँ उपत्यकालगायत अन्य स्थानमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले विभिन्न डिलर तथा रिटेलरहरूबाट वितरण गरेको परिमाण दैनिक रूपमा निगमले हेरिरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]