|

काठमाडौं :  टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति सार्वजनिक भएको छ। कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो। 

नयाँ मितिअनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ। उक्त घोषणा अन्तराष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि भएको हो। 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि यहि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको थियो। यसअघि एक वर्षका लागि ओलम्पिक सार्न जापानी प्रधानमन्त्री सिञ्जो आवे लगायत विभिन्न राष्ट्रले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव समेत गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.