|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले तीनवटा स्वास्थ्य चौकीलाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) उपलब्ध गराएको छ।

कोराना भाइरसका शंकास्पद बिरामी संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पिपिई हस्तान्तरण गरिएको हो। पिपलाडी, झलारी र पिताम्बर स्वास्थ्य चौकीलाई पिपिईलगायत आवश्यक औषधिको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए।

बिरामीको चाप बढी हुने पिपलाडी स्वास्थ्य चौकी र झलारी स्वास्थ्य चौकीलाई दुईवटाका दरले र पिताम्बर स्वास्थ्य चौकीलाई एउटा पिपिई उपलब्ध गराएको भट्टले बताए। उनले उपचारमा आवश्यक पर्ने औषधिको समेत व्यवस्था मिलाएका बताए।

स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई २४ घण्टा स्याण्डबाई राखिएको उल्लेख गर्दै उनले कोरोना भाइरसको संक्रमणका शंकास्पद बिरामी देखिए नगरपालिकाले स्थापना गरेका आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए। 

भारत र तेश्रोमुलुकबाट फर्केका व्यक्तिहरुको अभिलेख राख्ने कार्य समेत नगरपालिकाले सुरु गरेको छ। शंकास्पद बिरामी फेला परे तत्कालै स्वास्थ्य चौकीमा खबर गर्न समेत नगरपालिकाका वडाहरुमा पुगेर प्रहरीलगायतले जानकारी दिने गरेको छ। यस्तै,  विदेशबाट फर्केकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्नका लागि नगरपालिकाले आग्रह समेत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.