|

मनाङ : लकडाउनका कारण मनाङमा अलपत्र परेका ५८ पर्यटकको उद्धार गरिएको छ। लकडडाउनपछि १०० भन्दा बढी विदेशी पर्यटक अलपत्र परेका थिए। तीमध्ये हालसम्म ५८ जनालाई जिल्ला प्रशासन कार्यालय मनाङबाट अनुमतिपत्रसहित पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए। 

पहिलो पकट २४, दोस्रो पटक १८ र तेस्रो पटक १६ गरी ५८ विदेशी पर्यटकको उद्धार गरिएको छ। जर्मनी, इजरायल, इटाली, अमेरिका, नेदरल्याण्डलगायतका देशका पर्यटकको उद्धारर गरिएको छ। 

ङिस्याङ गाउँपालिकाकाृ ङावल, घ्यारु, पिसाङलगायतका ठाउँबाट उनीहरुलाई उद्धार गरी पोखरासम्म जाने व्यवस्थापन मिलाइएको हो। केही भने थोराङला पास गरी गएको समेत उनले बताए। अझै पनि खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

उद्धार गरिएका पर्यटकहरुलाई चामेबाट पोखरासम्म जिपको व्यवस्था गरिएको हो। अलपत्र परेका पर्यटकहरुका लागि लागि खाद्यान्न तथा स्वास्थ्य समस्या आउन नदिन र उनीहरुको देशबाट फर्किने व्यवस्थापन गरी पर्यटन बोर्ड पोखरासम्म पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक मेखबहादुर कुँवरले बताए। 

केही विदेशी नागरिक भने मनाङबाट फर्किन नमानेको प्रजिअ पौडेलले बताए। ‘आफ्नो देशभन्दा यहाँ सुरक्षित छौं भन्छन्। यो अवस्थामा अहिले हामी फर्किदैनौं भन्छन्,’ पौडेलले भने, ‘हामीले जबरजस्ती पठाउन मिल्दैन, त्यसैले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तह, पर्यटन तथा होटल व्यवसायीलाई जिम्मा लगाएका छौं।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.