|

हाम्रो घरका वा कार्यालय भवनका झ्यालले बिजुली उत्पादनमा मद्दत गर्ने भए कति काइदा हुन्थ्यो होला? अमेरिकाको एक स्टार्टअप कम्पनीको योजनामाथि विश्वास गर्ने हो भने त्यो दिन अब धेरै टाढा छैन।

क्यालिफोर्नियास्थित उबिक्युटस इनर्जी नामक कम्पनीले घरका झ्यालहरूलाई सोलार प्यानलमा परिणत गर्ने योजनामाथि काम थालेको छ। अत्याधुनिक प्रविधिको प्रयोगद्वारा झ्याललाई सोलार प्यानलमा बदल्ने कम्पनीको दाबी छ। अमेरिकाका विभिन्न आइटी इन्स्टिच्युटहरूले सिसाको पारदर्शी सतहबाट ऊर्जा उत्पादन गर्नेतर्फ सफल परिक्षण गरिसकेका छन्। त्यस्ता काँचको सतहमा सोलार प्यानलमा हामीले सामान्यतया : देख्दै आएको खैरो वा कालो रंगको अपारदर्शी पत्र हुँदैन।

बिल्कुल पारदर्शी पत्रबाटै ऊर्जा उत्पादनको परिक्षण सफल भएपछि उक्त स्टार्टअप कम्पनीले झ्यालका सिसालाई सोलार प्यानलमा बदल्ने गर्ने योजना बनाएको हो।
'घरका झ्यालहरू मात्रै होइन। यो प्रविधिको मद्दतबाट गाडीका सिसालाई पनि सोलार प्यानलमा परिणत गर्न सकिन्छ', कम्पनीका संस्थापक मिलेस बारले भने, 'यहाँसम्म कि मोबाइलको स्क्रिनमा पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ।'

उक्त प्रविधि अहिले परिक्षणको पहिलो चरणमा छ। कम्पनीले जनाएअनुसार, यस्ता पारदर्शी प्यानलले परम्परागत प्यानलले उत्पादन गर्दै आएको ऊर्जाको दुई तिहाइ मात्रै उत्पादन गर्न सक्छन्। 

'मूल सवाल यो प्रविधि कत्तिको खर्चिलो हुन्छ भन्ने हो', नर्वेजियन युनिभर्सिटीमा विज्ञान प्रविधि विषय अध्यापन गराउँदै आएकी प्राध्यापक एनी हेस्टनेसले भनिन्, 'यदि सस्तोमै जडान गर्न सकिन्छ। ठूल्ठूला झ्यालहरूमा पनि प्रयोग गर्न सकिन्छ भने यो राम्रो कुरा हो।'

कम्पनी प्रमुख बार भन्छन्, 'यसको जडान खर्च परम्परागत सिसाको झ्यालभन्दा २० प्रतिशतले महँगो हुनेछ।' उक्त प्रविधिको प्रयोगबाट सौर्य ऊर्जा लोकप्रिय बन्ने उनको विश्वास छ। 'कोरोना भाइरसको समस्या उत्पन्न नभएको भए छिट्टै उत्पादन थाल्थ्यौं होला। अहिले हाम्रो योजना केही पर धकेलिएको छ। उत्पादन थाल्न दुई वर्षजति लाग्नसक्ने देखिएको छ', उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.