|

बैतडी :  पुर्चौडीमा वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुईजनाविरुद्ध मुद्दा दर्ता भएको छ। पुर्चौडी नगरपालिका ७ का धर्मानन्द बडू र सोही नगर ५ का नरेन्द्र जागरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। दुवै जनालाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नुका साथै ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 

बडूले आइतबार वडा नम्बर ७ का अध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट गरेका र जागरीले कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीलाई समेत हातपात गरेका थिए। नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बेला बडूलाई सम्झाउन खोज्दा आइतबार वडाध्यक्ष ऐर कुटिएका हुन्। 

यस्तै चैत १२ गते क्वारेनटाइनमै खटिएका अहेव धामीमाथि आफ्ना परिवारका सदस्यलाई क्वारेन्टाइनमा किन राखेको भनी मदिरा सेवन गरी जागरीले कुटपिट गरेको प्रहरीले जनाएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.