|

उदयपुर : स्याङ्जाको चापाकोट नगरपालिकास्थित खानेपानी आयोजनामा काम गर्न गएका १८४ जना कामदारहरुलाई उद्दार गरिएको छ। गोरखासहित उदयपुर घर भएका कामदारहरूलाई आज (मंगलबार) स्याङ्जाबाट उद्दार गरिएको हो।

कोरोना संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको 'लकडाउन'का कारण खानेपानी आयोजनाको काम बन्द भएपछि त्यहाँ रहेका मजदुरहरुलाई नेकपा उदयपुरका अध्यक्ष बिनोद कटुवाल र जिल्ला कमिटी सदस्य देव गिरीको पहलमा उद्दार गरिएको हो।

काम नभएपछि अलपत्र अवस्थामा रहेका उनिहरुलाई उदयपुरगढी गाउँपालिकाको आर्थिक व्यबस्थापनमा ३ वटामा बसबाट उद्दार गरिएको हो। गोर्खाको बारपाक-सुलिकोट गाउँपालिका ३ का २ जना, उदयपुरको त्रियुगा नगरपालिकाका ३ जना, कटारी नगरपालिकाका ४ जना, बेलका नगरपालिकाका ७ जना, रौतामाई गाउँपालिकाका ३ जना, ताप्ली गाउँपालिकाका ५ जना, लिम्चुङबुङ गाउँपालिकाका १ र उदयपुरगढीका १५९ जनालाई स्याङ्जाबाट उद्दार गरिएको हो।

उद्दार गरिएका कामदारहरूमध्ये दुई जनालाई ज्वरो आएको पाइएपछि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। अन्यलाई 'होम क्वारेनटाईन;मा बस्न आग्रह सहित आ-आफ्नो घर पठाइएको छ।

स्याङ्जाबाट सबैलाई उदयपुरगढी गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख जयनारायण यादब सहितको स्वास्थ्य टोलीले उदयपुरगढी-७ अँधेरीमा राखिएको हेल्प डेस्कमा स्वास्थ्य परिक्षण गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै मजदुरलाई माक्स, ग्लोब तथा बिस्कुट र पानी लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सानु राउतले जानकारी दिएकी छिन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.