बसपार्क र चौरमा लगेर पढाउँदै प्रहरी

|

इकमान लामा

काभ्रे : विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउन आदेश उल्लङ्घन गर्ने काभ्रेका १०८ जना पक्राउ परेका छन्। 

विशेष कामबिना नै सडकमा निस्किएका १०८ जना नागरिकलाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

लकडाउन उल्लङघन गर्नेहरुलाई प्रहरीले बनेपा बसपार्क र नेपाल पोलेटेक्निक प्राविधिक शिक्षालय खुला चउरमा लगेर सचेतनामुलक शिक्षा दिएका छन्। 

प्रहरीले उनीहरुलाई कोभिड–१९ को संक्रमण र लकडाउन आदेश जारी गर्नुको कारण लगायतका विषयमा शिक्षा दिएका थिए । उनीहरुलाई आज साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले थाहा खबरलाई बताए । 

सवारी साधन पनि नियन्त्रणमा

जिल्लाका विभिन्न क्षेत्रमा लकडाउन अवज्ञा गर्ने ४५० भन्दा बढी  सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले नियन्त्रणमा लिएको सवारी साधनमध्ये ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा रहेको प्रहरी प्रमुख एसपी पौडेलले जनाकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.