आमाको शव लडिरहेका बेला कसरी रुचेको होला 'पापी'हरुलाई मासुभात?

|
फाइल तस्बिर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना सांसदले कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँग जुध्‍न सरकारले चीनबाट गरेको औषधि खरिदमा नीतिगत भ्रष्टचार भएको दाबी गरेका छन्। 

कोरोनाले देश आक्रन्त भएको अवस्थामा सरकारले नीतिगत तहमा भ्रष्टचार गरेको दाबी सांसद सुदन किरातीले गरेका हुन्। किरातीले वर्षेनि भन्सारमा छुट लिएर संकटका बेला ताला लगाउने निजी अस्पतालको रवैयाप्रति पनि आक्रोश पोखेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका किरातीले स्वास्थ्य सामग्री खरिदमा भएको कमजोरीबारे आलोचनात्मक प्रतिक्रिया दिएका छन्। उनले यसबारेमा कडा प्रतिक्रिया दिएका हुन्। 

'सरकारले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य सामग्री खरिद गर्ने क्रममा नीतिगत भ्रष्टचार भएकै हो', उनले भनेका छन्, 'मानिस भगवान होइन। अपेक्षा पनि ऊबाट छैन, लोकमा चमत्कार होस्। तर, अचम्म! आमाको शव अगाडि लडिरहेका बेला कसरी रुचेको होला पापीहरुलाई मासुभात?’ 

किरातीले आफ्नो प्रतिक्रियामा व्यवहारिक रुपमा भ्रचष्टाचार भएन भएको पुष्टि भइनसके पनि नीतिगत तहमा भ्रष्टाचार भएको कुरामा जिकिर गरेका हुन्। 

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिदको क्रममा व्यवसायिहरुको कोटेशनलाई बेवास्ता गर्दै ओम्री बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई) मार्फत स्वास्थ्य सामग्री खरिद गरेको थियो। 

व्यावसायीहरुले न्यूनतम् मूल्यमा खरिद गर्न सकिने बताए पनि ओबिसीआई खरिद ठेक्का दिँदा स्वास्थ्य सामग्री ४८ गुणासम्म  महँगो हुन गएको छ ।

जसबाट राज्यलाई कूल करोडौं घाटा लागेको छ। यसप्रति लक्षित गर्दै किरातीले लेखेका छन्, ‘पचाएर त देखाऊ। यदि पचाउन सकेनौँ भने तिमीले जीवनको निम्ति ठूलै मूल्य चुक्त गर्नुपर्नेछ।’

वर्षेनि सामग्री खरिद गर्दा भन्सार छुट लिँदै आएका निजी अस्पतालहरुले गत वर्ष मात्रै ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा १ अर्ब ८१ करोड ३८ भन्सार छुट लिएका थिए। 

तर अहिले देशमा आम नागरिकको स्वास्थ्य संकटका बेला ती अस्पतालहरुले गेट बन्द गरेकोप्रति सांसद किरातीले यसरी कडा प्रतिक्रिया दिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.