१७ वटा अनलाइन सञ्‍चारमाध्यमलाई कारबाही

|

काठमाडाैं : कोरोना भाइरस सङ्क्रमणसम्बन्धी समाचार प्रकाशन/प्रशारण गरेकै भरमा केही अनलाइन सञ्‍चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने समाचार भ्रमपूर्ण प्रचारवाजी भन्दै प्रेस काउन्सिल नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

काेराेना भाइरसकाे समाचार प्रकाशन र प्रसारणका क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ वटा सञ्‍चारमाध्यमसङ्ग स्पष्टीकरण सोधिएको बताउदै अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालन निर्देशिका २०७३ (पहिलो संशोधन २०७४) बमोजिम दर्ता सूचीकरण नभएका १७ वटा वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो,उजुरीका आधारमा पुष्टि गरी त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन प्रशारण हुन नसक्ने व्यवस्था गरिएकाे काउन्सिलले जनाएकाे छ। 

त्यस्तै नेपालमा दर्ता वा सूचीकृत भएका २१ सय ७९ वटा अनलाइनहरुको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको  काउन्सिलले स्पष्ट पारेकाे छ। यसैबीच काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन,दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गरिरहेकाे बताएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.