|

काठमाडाैं : अमेरिकास्थित नेपाली राजदूतावासले त्यहा रहेका नेपालीको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ। साथै अमेरिकामा रहेका सबै नेपालीलाई सुरक्षितसाथ रहन दूतावासले अनुरोध गरेकोा छ। दूतावासले एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसले आक्रान्त बनाएको यस कठिन परिस्थितिको सामना गर्दै धैर्य धारण गरी अमेरिकी सरकारले जारी गरेको निर्देशन पूर्ण पालना गर्न भनेको छ। 

अमेरिकामा रहेका गैरआवासीय संघललगायत नेपाली विभिन्न संस्था, समुदायका सम्पूर्ण अगुवा, चिकित्सकलगायतले यस कठिन समयमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै नेपाली समुदायलाई धैर्यताका साथ रहन अपिल गरिएको छ।

त्यस्तै अमेरिकामा रहेका नेपालीको भिसा प्रक्रिया लगायतमा दूतावासले सहयोग गर्ने र कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको स्वास्थ्य उपचारको व्यवस्था पनि गरिने जारी विज्ञप्तिमा भनिएको छ। यसका लागि दूतावासले नेपाल सरकारको निर्णयअनुसार अमेरिकी सरकारलाई दूतावासले मौखिक जानकारी गराइएको पनि जनाएको छ।

त्यस्तै अमेरिकामा रहेका ५० वटै राज्यमा रहेका १ सय २६ भन्दा बढी कानुन व्यवसायी, विभिन्न संस्थाका अगुवा गैरआवासीय नेपाली संघसँग व्यक्तिसँग भिडियो कन्फेनसमार्फत सघन छलफल गरिएको दूतावासले बताएको छ।

उक्त भिडियो कन्फरेन्समा कोरोना भाइरस रोकथाम र यसबाट बच्न र अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई यसबाट जोगाउने बारे ध्यानाकर्षण गराइएको दूतावासले निकालेको अपिलमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.