|

कोरोना (कोभिड–१९) संक्रमित एक बृद्धा उपचार पाएर निको भएपछि घर फर्किएकी छिन्। 

जोय नाम भएकी ती महिलालाई भाइरस संक्रमण र निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो। स्वासप्रश्वास समस्या र शरीरको तापक्रम बढेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो। 

संक्रमितमध्ये ज्यान गुमाउनेहरुमा बृद्धबृद्धाहरुको संख्या अत्यधिक रहेकामा ती बयोबृद्धा उपचारपछि निको भएकोमा चिकित्सक र आफन्तहरुले अद्भुत उपलब्धी भएको बताएका छन्। 

ती महिला पेशाले पूर्वनर्स रहेको र उपचारका क्रममा उनमा निकै बलियो आत्मविश्वास देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अस्पतालको शय्यामा रहँदा ती महिलाले लगातार आफू घर जान चाहेको बताउने गरेकी उनका नातीले जानकारी दिएका छन्।

अस्पतालबाट डिस्चार्ज भएकी ती महिलाले अब आफू १४ दिनसम्म क्वारेन्टिनमा बस्ने इच्छा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.