|

काठमाडौं : सरकारले २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

२०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ। तिहार भने मंसिर १ गते परेको छ। २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ। सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ। 

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ। ३० गते आइतबार म्हस्पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ। 

त्यस्तै सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ।  २०६२–६३ को परिवर्तनपछि पुस २७ गते मनाइँदै आएको पुथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइँदै आएको बिदा कटौती गरिएको थियो। 

खारेज गरिएको १३ वर्षपछि पुसमा पनि सरकारी स्तरबाटै यो दिवस मनाइएको थियो। यसैगरी जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेद्‌भाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, भदौ २२ गते निजामती सेवा दिवस, माघ १६ गते शहीद दिवस र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने तर सार्वजनिक बिदा भने दिइने छैन। 

यस्तो छ सरकारी क्यालेन्डर 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.