|

मुगु : कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले 'लकडाउन' अवधि लम्ब्याएपछि हात धुने साबुन र माक्स जोहो गर्न नभ्याएका मुगुको त्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका सर्वसाधरणलाई सत्तारूढ नेकपाले मास्क र साबुन वितरण गरेको छ।

'लकडाउन'का कारण गाउँपालिकाको बजार बन्द भएको र सदरमुकाम गमगढी बजार समेत आउन नपाएपछि स्थानीय वासिन्दालाई नेकपा सोरु गाँउ कमिटीले मंगलबार माक्स र साबुन वितरण गरेको हो। 

गाउँपालिका एकदेखि ११ वडा सम्मका तीन हजार ६ सय ६२ घरधुरीलाई मास्क र साबुन वितरण गरिएको नेकपा सोरु गाँउ कमिटीका अध्यक्ष रत्नसिह बिष्टले जानकारी दिए।

संघीय सांसद गोपाल बहादुर बम, पार्टी जिल्ला सचिव धर्मबहादुर शाही, प्रदेश कमिटी सदस्य मंगलबहादुर शाही र बिर्षहादुर थापाको उपस्थितमा मास्क र साबुन सम्बन्धित वडाका अध्यक्ष र सदस्यको जिम्मामा वितरण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.