|

संखुवासभा : संखुवाभाको जिल्ला अस्पताल खाँदबारीलाई एक करोड ५ लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै ९ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस  नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई २ थान भ्यान्टिलेटर, ३ थान आइसियु बेड, १ थान प्यासेण्ट मनिटर ३ थान , सेनिटाइजर,मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य जानकारी दिए।

भेन्टिलेटर सुविधा भएको जडान हुने संखुवासभा पहिलो पहाडी जिल्ला भएको छ। कार्यक्रमका बिच सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुण भिमानले १ करोड ५ लाखको स्वास्थ्य सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्तण गरेको थिए।

सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य विरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले बताए। जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रस्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो।

अव जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराई सेवा संचालन तत्कालै गरिने अस्पतालले जनाएको छ। आइसियु र भ्यान्टिलेटर सेवा संचालनपछि जटिल रोग भएका विरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ।

अध्यक्ष  शाक्यले भने समस्याबाट गुज्रिरहेको अस्पताललाई निशुल्क रुपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने भारतीय कम्पनी सतलजलाई धन्यबाद प्रकट गरे।                        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.