|

काठमाडौं : फ्रान्सको व्यवसायिक फुटबल क्लब ओलम्पिक डे मार्सेलीका पूर्वअध्यक्ष पेप डिउफको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। क्लबका पूर्वअध्यक्ष ६८ वर्षीय डिउफको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मार्सेलीले ट्वीटरमार्फत पुष्टि गरेको छ।

कोरोनाबाट संक्रमित भएपछि डिउफको सेनेगलमा रहेको अस्पतालमा उपचार भइरहेको थियो। उनी सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष भएका थिए। डिउफ २००५ मा युरापेली क्लबमा कालाजातिबाट अध्यक्ष बन्ने पहिलो व्यक्ति हुन्।

त्यसअघि उनी एक पत्रकार र फुटबल एजेन्ट थिए। डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.