|

कञ्चनपुर : कञ्चनपुरमा भारतलगायत अन्य मुलुकबाट फर्केका व्यक्तिको संख्या चार हजार सातसय ९२ रहेको छ। जिल्लाका नौवटै स्थानीय तहले उपलव्ध गराएका आवधिक एकीकृत विवरण जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक गरेको हो। 

 विवरण अनुसार भारतसहित युएइ, जर्मनी, साउदी अरव, मलेशियालगायतका देशबाट ती व्यक्तिहरू फर्केका हुन्। भारतबाट फर्कनेको संख्या सबै भन्दा बढी रहेको छ। विदेशबाट फर्कनेमा शुक्लाफाँटा नगरपालिकामा सातसय ५०, भीमदत्त नगरपालिकामा सातसय २०, महाकाली नगरपालिकामा तीनसय ६०,  बेदकोटमा सातसय ५५, कृष्णपुरमा आठसय १९, पुर्नवासमा सातसय ३०, बेलौरी नगरपालिकामा दुईसय ६९, लाझाडी गाउँपालिकामा एकसय ३४ र बेलडाँडी गाउँपालिकामा दुईसय ५५ जना रहेका छन्।

नौवटै स्थानीय तहमा क्वारेन्टाइनको बेड संख्या तीनसय ४३, क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या ५१ र आइसोलेसनको वेड संख्या ३१ रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए। उनका अनुसार महाकाली अस्पतालमा आइसोलेसन वेड संख्या आठ र आइसोलेसनमा रहेका व्यक्तिको संख्या दुई रहेको छ।

नौ जनाको स्वाव परीक्षण 

महाकाली अस्पतालबाट हालसम्म नौ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाव पठाइएकोमा छ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना संक्रमित युवतीसँग विदेश यात्रामा एउटै जहाजमा आएका कञ्चनपुरका १९ वर्षीय युवकको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। 

यसैबीच, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडासहित सुरक्षा निकायका प्रमुखहरूले बेलडाँडी, बेलौरी र पुर्नवासमा कोभिड १९ को संक्रमण रोकथामका लागि भएका प्रयासको अनुगमन तथा निरीक्षणको कार्य समेत गरेका छन्।

भारतबाट फर्केका बैजनाथ माध्यमिक विद्यालयमा क्वारेन्टाइन गरेर राखिएका व्यक्तिलाई नेपाल रेडक्रसको सहयोगमा ६१ थान कम्बलको व्यवस्था गरिएको छ।
भीमदत्त नगरपालिका क्षेत्रका गुनासो आएका खाद्यान्नलगायत पसलको अनुगमनको कार्य समेत गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा आएका ४२ वटा गुनासाको समाधान गरिएको छ। 

भारतबाट फर्केका ७२ जना लाई क्वारेन्टाइनमा राखियो 

भारतबाट फर्केका ७२ जनालाई कञ्चनपुरमा क्वारेन्टाइनमा राखिएको छ। भारतमा कोरोनाको संक्रमण पछि रोजगारी गुमेपछि स्वदेश फर्केका सीमा क्षेत्रका जंगल हुँदै छिर्न खोज्ने ७२ जनालाई नियन्त्रणमा लिई सशस्त्र प्रहरीले भीमदत्तनगर बजारको बैजनाथ माध्यमिक विद्यालयमा क्वारेन्टान गरी राखिएको छ।

सशस्त्र प्रहरी गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक विरबहादुर शाहुका अनुसार भीमदत्त नगरपालिकाबाट ९ ब्रम्हदेबबाट १८ र महाकाली नगरपालिका क्षेत्रको जंगल भएर नेपाल प्रवेश गरेका ५४ जना नियन्त्रणमा लिएको छ। 

उनले भारतबाट छिरेका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीको आदेशमा क्वारेन्टाइनमा राखिएको बताए। कोरोना भाइरस संक्रमणको लक्षण देखिएका विरामीलाई राख्नका लागि भीमदत्त नगरपालिकाले सय शय्याको क्वारेन्टाइन स्थापना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.