|

काठमाण्डौ :  कोरोनाको सङ्क्रमण रोक्ने र विपन्नलाई राहत दिने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गरिब, किसान, मजदुर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा उनीहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिका टिप्पणीका बारेमा पनि कुराकानी भएको थियो।

यस्तै नेपाल र भारत दुवै देशले लकडाउन गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको उद्धार गर्ने विषयमा पनि छलफल भएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.