|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ र ३ नम्बर वडा जोडने सनवोरा नदीमाथि रहेको झोलुङ्गे पुलमा अवरोधक राखेर आतजावत बन्द गरिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय बासिन्दाले झोलुङ्गे पुलको दुवैतर्फका प्रवेशद्वारमा अवरोधक राखेर वारपार गर्न नपाउने बनाएका छन्‌। मोटरसाइकल, र साइकललगायतका दुई पाङ्ग्रे सवारीसाधन देखि पैदल यात्रुलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ।

पुल बन्द गरिएपछि अत्यावश्यक कामका लागि अन्यत्र जानुपर्ने व्यक्तिहरू नदी तरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता सृजना भएको छ। पुल हुँदै अन्य क्षेत्रका मानिसहरू आवतजावत गर्न थालेपछि जोखिमलाई मध्यजनगर गर्दै पुल नै बन्द गरिएको वडा नं ३ का स्थानीय बासिन्दा टिकुराम डगौराले बताए। उनले भने, 'कोरोना भाइरस मानिसहरुबीच हुने सम्पर्कका कारण सर्ने कुरा सुनेपछि वडा प्रवेशमा निषेध समेत गरेका छौं।'

अपरिचितलाई वडा छिर्ने नाकामै रोकेर फर्काउने गरिएको र भारतबाट फर्केकाहरुको घरमै पुगेर १४ दिनसम्म घरभन्दा बाहिर ननिस्कन सचेत समेत गराएको डगौराले बताए।

स्थानीय वासिन्दाले मदिरा सेवनमा प्रतिबन्ध लगाउन मदिरा बिक्री गर्ने पसल समेत बन्द गराएका छन्‌। पुलमा आवगमन बन्द गरिएपनि नदीबाट मोटरसाइकल तारेर निर्वाध रुपमा वडाको सडक हुँदै आवतजावत भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.