|

डडेल्धुरा : कोरोना भाइरस ९कोभिड–१९०को त्रास बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाउँगाउँमा पुगेर कोरोना भाइरसको बारेमा सचेतना फैलाउन थालेको छ। 

डडेल्धुरा प्रहरी यतिबेला जिल्लाको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाका विभिन्न गाउँटोलमा पुगेर कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन थालेको हो।

सचेतना कार्यक्रम गाउँगाउँ पुगेर जारी राख्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणलाई फैलिन नदिन गाउँटोलमा सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको उनको भनाई छ।

‘भोलिका दिनमा कोरोनाबाट संक्रमित हुनसक्ने जोखिमलाई ध्यान दिँदै यसका लक्षण, यसबाट बच्ने उपायका बारेमा पनि जानकारी दिन थालिएको छ,’ उनले भने, ‘कसैलाई कोरोनाको शंका लागेमा नजिकको स्वास्थ्य चौकीमा पुग्न सर्वसाधारणलाई आग्रह पनि गरिरहेका छौँ।’

माइकिङ्ग र बुफर बजाउँदै प्रहरीले ‘सरकारले घोषणा गरेको लकडाउनको पूर्णरूपमा पालना गर्ने तथा अत्यावश्यक काम बाहेक कोही पनि घरबाट बाहिर ननिस्कि सभ्य नागरिकको परिचय दिऔं,, (कोभिड–१९) को महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं, विदेशबाट आउनुभएका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरूले घरबाट ननिस्की आफ्नै घरको छुट्टै कोठामा बसिदिन हुन अनुरोध छ,’ जस्ता सन्देश र आग्रह प्रवाह गरिरहेको छ।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.