|

काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि सित्तैमा स्वास्थ्य सामग्री सामान पठाइदिन्छु भन्‍ने नविन विक एनआरएनएका आईसीसी सदस्य आधिकारिक व्यक्ति नभएको खुलेको छ। यसको जानकारी एनआरएनएका आईसीसीका प्रवक्ता डीबी क्षेत्रीले दिएका हुन्। 

एउटा टेलिभिजन अन्तर्वार्तामा विकले आफ्नो नेतृत्वमा १० करोडको सामान पठाउन लागेको दाबी गरेपछि विवादमा तानिएका थिए।।

'नेपाल सरकारले चीनबाट स्वास्थ्य परीक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका बारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ', क्षेत्रीले भनेका छन्, 'निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं,’ 

क्षेत्रीले एआरएनएले अहिले त्यतिका परिमाणको सामान पठाउने योजना नरहेको पनि बताएका छन्। 'संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसञ्चार माध्यमलाई समेत जानकारी गराउँदछौं', उनले भनेका छन्, 'खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो।’

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्चस्तरीय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरेको जानकारी उनले दिएका छन्। 

प्रवक्ता क्षेत्रीले सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएकोसमेत जानकारी दिएका छन्।

संघले नेपाल सरकारलाई कम्तीमा १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ। विभिन्‍न मुलुकहरुबाट स्वास्थ्य परीक्षण उपकरण र स्वास्थकर्मीका लागि सुक्षा सामग्री खरिद गरी नेपलमा पठाउने प्रकृया सुरु भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.