समाज

दिल्लीको धर्मसभाबाट फर्किएको आशंकामा पर्साबाट ११ पक्राउ

पक्राउ गरिएका सबैलाई क्वारेन्टाइन पठाइयो

चैत २०, २०७६

    पर्सा : दिल्लीको एक मुस्लिम धर्मशभामा सहभागी भएर फर्किएको आशंकामा पर्सामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ। दिल्लीको धर्मसभामा गएकामध्ये केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपालबाट गएकाहरुलाई पनि कडाइ गरिएको हो।

    बुधबार राति पर्साको पटेर्वासुगौली गाउँपालिका कन्चनवैरियास्थित मस्जिदबाट नियन्त्रणमा लिएका ११ जना सबै मुस्लिम नागरिक नै हुन्। उनीहरुलाई अहिले वीरगन्ज महानगरपालिकाको सिद्धार्थ मा.विमा अलग्गै क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

    ११ जनामध्ये एकजनाले दिल्लीबाट आएको बताए पनि अरुले भारतबाट आएको मात्र भनेकाले अझै विस्तृत जानकारी आइनसकेको उनले बताए। संयोग भने उनी सबै एकै ठाउँमा फेला परेको र सबै नेपाली मुस्लिम समुदायकै नागरिक भएको कारण आशंका गरिएको उनले बताए। सिद्धार्थ माविमा अरू पनि ३ जना भारतबाट आएका मानिसहरु राखिएका छन्। उनीहरु भने हिन्दू समुदायका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]