|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले लकडाउनको अवधिभर घरघरमा खाद्यान्न पुर्‍याउन नगरपालि भित्र बसोबास गर्ने स्थानीयको लिष्ट तयार पार्न थालेको छ। लकडाउनको समयमा नगरबासीलाई खाद्यान्नबाट वञ्चित हुन नदिन नगरपालिकाले लिष्ट तयार पार्दै आएको हो।

सरकारले कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागि लकडाउन लगाएपछि सर्वसाधारणले सहज रुपमा खाद्यान्न पाउन सकका छैनन्। ग्यास पाउन पनि समस्या हुन थालेपछि नगरपालिकाले सहज वातावरण बनाउन लागेको हो।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले नगरपालिकाभित्र खाद्यान्नको अभाव हुन नदिने बताए। ‘नगरपालिकाभित्र क–कसलाई खाद्यान्नको अभाव भएको छ भनी खोजी गर्दै लिस्ट तयार पार्दै आएका छौँ,’ उनले भने,‘ खाद्यन्नको अभाव हुन दिदैनौँ। घरघरमा पुर्‍याउन नसके पनि समन्वय गरेर सहज बनाउँछौँ।’

उनका अनुसार ग्यास, चामललगायत खाद्यान्नको अभाव भएको भन्दै नगरपालिकामा गुनासो आउने गरेको छ। उनले भने,‘दिनहुँ विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ। नेपालमा पनि सरकारले रोकथामका लागि लकडाउन लगाएको छ। यस्तो बेला अत्यावश्यक कामबाहेक बाहिर निस्किन हुँदैन। सक्दो नगरबासीको गुनासोलाई हामी सम्बोधन गर्ने छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.