|

काठमाडौं : नेपाल बोटल वाटर उद्योग संघले प्रतिलिटर २० रुपैयाँ पर्ने नेपाल वाटर बोटल अब १० रुपैयाँमा दिने भएको छ। सरकारले लगाएको लकडाउन अवधिभर उपभोक्तालाई सहज बनाउन वाटर उद्योग संघले यस्तो निर्णय गरेको हो।

वाटर उद्योग संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गस्तो निर्णय गरेको जनाएको हो। बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष विक्रम लिम्बुले लकडाउन भर उपभोक्तालाई सेवा र सहज बनाउन १० रुपैयाँमा पानीको बोटल खरिद गर्न सकिने व्यवस्था गरेको बताए।

‘लकडाउनले हामी सबैलाई अफ्ठ्यारो पारेको छ,’उनले भने,‘यस्तो बेला एक अर्काले सक्ने सहयोग गर्नुपर्छ। त्यसैले उपभोक्तालाई सहज पार्न एक लिटर पानीको खुद्रा २० रुपैयाँ पर्ने सो एक लिटर पानीलाई लकडाउन अवधिभर खुद्रा प्रतिलिटर १० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन।’ उनले पानी चाहिएमा सम्पर्क गर्न सकिने पनि बताए। उपभोक्ताले किन्दा ६० पिस किन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.