|

उदयपुर : उदयपुरका नेकपाका जिल्ला नेता महेश रेग्मीले दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यका साथ ५ लाख २१ हजार एकसय ३३ रूपैयाँ त्रियुगा नगरपालिकालाई हस्तान्त्रण गरेका छन्।

लकडाउनको समयमा नगरपालिकाभित्र कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई दैनिकी चलाउन सहज होस भनेर सहयोगको गरेको नेता रेग्मीले जानकारी दिए। उनले भने, 'कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल परेको छ। त्यस्त व्यक्ति तथा परिवारलाई सहज पुर्‍याउने उद्देश्यले मैले व्यक्तिगतरुपमा सहयोग गरेकाे हुँ।' 

सरकारले जारी गरेको लकडाउनका कारण दिनभरि मजदुरी गरेर छाक टार्नेहरू बढी प्रभावित भएका छन्। रेग्मीले यस अघि पनि जिल्लामा हुने विपदमा सहयोग गर्दै आएका छन्।

रेग्मीले केही दिनअघि जिल्लाकै कटारी नगरपालिकामा १ सय बोरा चामल, बेलका नगरपालिकामा एक लाख नगद सहयोग र रौतामाई गाउँपालिकामा ७५ हजार बराबरको सामग्री सहयोग गरेका थिए।

नेता रेग्मीले जिल्लामा आठैवटा स्थानीय तहमा आफूले अझै सक्दो सहयोग गर्ने पनि बताए। उनका अनुसार अन्य पालिकाहरूले हालसम्म कुनै आग्रह र पूर्व ग्रह नराखी सहयोग गर्न तयार रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.