|

कञ्चनपुर : चढदै आएको मोटरसाइकल वडा अध्यक्षले अस्थायी प्रहरी पोष्ट बाणीलाई हस्तान्तरण गरे भन्दा अचम्म लाग्न सक्छ।

कोरोना भाइरसको महामारीलाई मध्यजनगर गर्दै कञ्चनपुर जिल्ला लकडाउन गरिएपछि कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष जयरानारण जोशीले लकडाउनको पालना गर्दै मोटरसाइकल प्रहरीलाई बुझाएका हुन्। लकडाउन अवधि सम्मका लागि प्रहरीलाई गस्ती गर्न सहजता प्रदान गर्नका लागि मोटरसाइकल प्रदान गरेका हुन्।

निजी नम्बर प्लेटको आफैँले चढदै आएको र अर्को सरकारी नम्बर प्लेटको वडाले प्रयोग गर्दै आएका दुई वटा मोटरसाइकल उनले अस्थायी प्रहरी पोष्टलाई प्रदान गरेका हुन्। 'लकाउनको पूर्णपालना गर्नका लागि दुई वटै मोटरसाइकल अनुगमन र शान्ति सुरक्षा कायम गर्नमा सघाउ पुर्‍याउन प्रहरीलाई दिएका छौं' वडा अध्यक्ष जोशीले भने, ‘घना बस्ती भएकाले लकडाउनको पालना गर्न निकै चुनौती थियो। त्यसैले प्रहरीलाई अनुगमन गर्नका लागि सहयोग गरेको हुँ।’

प्रहरीसँग सवारी साधान नहुँदा गस्ती जान र लकडाउनको पालना गर्न लगाउने कार्यमा संलग्न हुन गाह्रो थियो। त्यसै कुरालाई मध्यनजर गर्दै मोटरसाइकल दिएर सघाउ पुर्‍याएको उनको भनाई रहेको छ।

वडामा भारतबाट फर्केका व्यक्तिको संख्या अधिक रहेको छ। घरमै क्वारेन्टाइनमा बस्नका लागि सम्झाई बुझाई गर्नका लागि समेत प्रहरीलाई मोटरसाइकलले सहयोग पुर्‍याएको छ। भारतबाट फर्केका धेरै जना भए पनि नगरपालिको स्थापना गरेको क्वारेन्टानमा भने छ जना मात्रै बसेका छन्। 

लकडाउनका बेला घरमै बस्नु पर्छ भन्ने भावना जागृत गर्न र मोटरसाइललगायतका साधन जथाभावी रुपमा चलाउनु हुँदैन भन्ने भावना जगाउन समेत वडा अध्यक्षले गरेको कार्यले सन्देश दिने युवा समाजसेवी अर्जुन साउदले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.