अन्य यात्रुको पनि रिपोर्ट आउँदै

|

काठमाडौं : दोहा हुँदै गत चैत ४ गते काठमाडौं आएको कतार एयरवेजको जहाजका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ। 

आज संक्रमित भेटिएकी महिला बागलुङकी ६५ वर्षीया बृद्धा भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी महिला भएको जानकारी दिए । यी महिला पनि चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।

कतारको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं उत्रिएका तीनजना यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार यो कुराको पुष्टि गरेका हुन्। उनी पाँचौँ संक्रमित युवतीकी हजुरआमा हुन् । उनीहरुले बेल्जियमबाट कतार, कतारको दोहाबाट काठमाडौँ र काठमाडौँबाट पोखरासम्मको उडानमा संगै रहेको बताइएको छ ।

'कतार एयरवेजको क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं आएका अर्का यात्रुमा कोरोना पोजेटिभ देखिएको छ', उनले भने, 'योसँगै उक्त उडानबाट आएका तीन यात्रु कोरोना संक्रमित पाइएको छ।

क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं उत्रिएकामध्ये सबैभन्दा पहिले फ्रान्सबाट आएकी १९ वर्षीया यात्रुमा कोरोना देखिएको थियो। काठमाडौं निवासी उनमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्। 

त्यसपछि उक्त उडानबाट आएका १५८ यात्रुको खोजी गर्ने क्रममा कोरोना पत्ता लागेको हो। काठमाडौंकी ती युवतीसँगै बेल्जियमबाट कतार हुँदै आएकी बागलुङकी ती २२ वर्षीया युवतीको अहिले धौलागिरी अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ।

उनलाई गत शनिबार राति नै अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट 'आइसोलेशन वार्ड'मा ल्याइएको छ। अस्पतालको 'आइसोलेशन वार्ड'मा राखेर उपचार भइरहेको स्वास्‍थ्‍य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। 

तर अवस्था सामान्य छ। यसअघि उनीसँगै बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया ती युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार पुष्टि भएको थियो।

उनी बागलुङ नगरपालिका-४ की बासिन्दा हुन्। कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा झरेकी उनी एक रात काठमाडौं बसेर पोखरा हुँदै बागलुङ गएकी थिइन्। 

तेस्रो पनि बागलुङकै 

कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएकी तेस्रो यात्रुमा पनि बिहीबार कोरोना पुष्टि भएको छ। बागलुङकै २२ वर्षीया र काठमाडौंकी १९ वर्षीया युवतीसँगै उनी पनि कतारकै त्यही उडानबाट काठमाडौं आएकी थिइन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार ती महिला पनि फ्रान्सबाटै आएकी थिइन्। फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना पुष्टि भएपछि सबै यात्रुको खोजी गर्ने क्रममा बागलुङकी यी महिलालाई पनि प्रहरीले पत्ता लगाएको थियो।

उनमा पनि कोरोनाको लक्षण देखिएपछि थ्रोट स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। जहाँ पहिलो परीक्षणमा ती महिलामा पनि कोरोना पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.