|

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणको परीक्षणको गति बढेको बताएको छ। काठमाडौंसहित अन्य उपत्यका बाहिरका शहरमा समेत परीक्षणको शुरुवात गरेको सरकारले बताएको छ। आजसम्ममा १ हजार १ सय ८४ जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

४३ वटा नमुना अहिले प्रयोगशालामा रहेका छन्।  धरानमा १२ वटाको परीक्षण भइरहेको र अन्य अस्पतालहरुमा पनि नमुना लिने क्रम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. बिकास देवकोटाले बताए। 

मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा उनले आजसम्म देशभर १०५ जना आइसोलेशनमा रहेको जनाए। उनका अनुसार १६ वटा काठमाडौं उपत्यकाभित्र र ८९ वटा बाहिर रहेका छन्।  

अहिलेसम्म मन्त्रालयले सुरु गरेको दुईवटा कल सेन्टर १११५–११३३ मा आएका हजारौ कलमध्ये गएको २४ घण्टामा २ हजार ७ सय ५९ कलको रेस्पोन्स भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.