|
जिल्ला प्रहरी कार्यालय दैलेख परिसरमा निर्माण गरिएका क्वारेन्टाइन।

दैलेख : दैलेखको महाबु गाउँपालिकाले क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घर पठाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले नेपाललाई चैत ११ देखि २५ गते मध्यरातिसम्म लकडाउन समयमा बाहिरबाट नेपाललगायत विभिन्न पालिकाहरुमा भित्रिएका मानिसलाई १५ दिन क्वारेन्टाईनमा राख्नुपर्ने सरकारको नीति भए पनि यहाँका स्थानीय तहहरूले लापरबाही गर्दै आएका छन्।

सरकारले लकडाउनलाई कडा पारिरहेका बेला गाउँमा स्थानीय सरकारले आफैँ लापरबाही गरी क्वारेन्टाईनमा बसेकालाई दुई दिनमा घर पठाउनु गलत भएको स्थानीयले बताएका छन्।

गाउँतिर भएकाले जानकारी छैन : प्रजिअ

यस विषयमा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले आफू गाउँतिर भएकाले महाबु गाउँपालिकाले क्वारेन्टाईनमा बसेकालाई घर पठाएको भन्नेबारे जानकारी नभएको बताए। उनले क्वारेन्टाईनमा राखिएकालाई कम्तीमा १५ दिनसम्म घर पठाउन नमिल्ने बताए।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले नेपाल भित्रैबाट आएका २१ जनालाई दुई दिन मात्र क्वारेन्टाइनमा राखेर घर पठाइएको थाहाखबरसँग स्वीकार गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.