|

कोरोना भाइरस संक्रमण फैलँदै गएर महामारीको रुप लिने जोखिम बढेपछि भारतले चीनबाट भेन्टिलेटरलगायतका चिकित्सकीय सामग्री पाउने अपेक्षा गरेको छ। 

भारतीय मिडियाहरुमा उल्लेखित समाचारअनुसार भेन्टिलेटर र आवश्यक सामग्री बनाउन अग्रणी चीन र अन्य देशका कम्पनीहरुसँग भारतले यतिखेर सम्पर्क गरिरहेको छ। 

चीनले पनि कोरोना भाइरस संकट मध्यनजर गर्दै भेन्टिलेटरको आवश्यकता पूरा गर्न भारतलाई सहयोग दिन तयार रहेको जनाएको छ। तर भेन्टिलेटरका लागि आवश्यक पाटपुर्जा आयात नहुँदा समस्या परेको चीनले जानकारी दिएको छ। चिनियाँ कम्पनीहरुले पनि आयातित पुर्जाबिना भेन्टिलेटर उत्पादन सम्भव नभएको बताएका छन्। 

महामारीबाट क्षति बढ्दै गएपछि भारत र अमेरिकासमेत कैयौं देशहरुले भेन्टिलेटरको माग पुरा गर्ने कोशिस गरिरहेका छन्। तर अधिकांश देशहरु भेन्टिलेटरका लागि चीनमा निर्भर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.