|

भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरे।

सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना संक्रमणविरुद्धको लडाइमा टेवा पुर्‍याउन आफ्नो तलव दिने घोषणा गरेको बताए। 'अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ'  उनले बिहीबार भने।  

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरे। भारतमा बिहीबारसम्म कोरोना भाइरसको कारण एकहजार ९६५ जना संक्रमित भएका छन्। तीमध्ये १३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.