पहिले मान्छेको जीवन बचाऊँ, खोजी त हुन्छ नै

|

काठमाडौं : सरकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चीनबाट गरिएको स्वास्थ्य सामग्री खरिदका क्रममा भएको भनिएको अनियमिताबारे छानबिन हुने जनाएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि बिहीबार बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन्। 

स्वास्थ्य सामाग्री खरिदका सम्बन्धमा सञ्‍चारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्ता मन्त्री खतिवडाले यसबारेमा छलफल तथा अनुसन्धान हुने बताएका हुन्।

उनले जीटुजीमार्फत स्वास्थ्य सामाग्र किन्‍नेबारे पनि छलफल भइरहेको जानकारी दिएका छन्। 'स्वास्थय सामाग्री खरिदमा पहिलो कुरा त हुर्नु पर्यो के भएको छ भनी। हामी कसैले भनेको मात्रै कुराबाट प्रभावित नहोऔँ। छलफल अनुसन्धान त हुन्छ नै', उनले भने, 'त्यो भन्दा महत्वपूर्ण कुरा त सामाग्री आयो मान्छेको जीवन रक्षा भइरहेको छ। त्यसपछि मंहगो पर्यो कि सस्तो पर्‍यो? विधि पुग्यो कि पुगेन भनेर हेर्ने कुरा छँदै छ।'

खतिवडाले यो संकटको अवस्थामा सरकारी माध्यमबाटै सामान ल्याउनुपर्नेमा त्यस्तो नभएको उल्लेख गरे। सबै भन्दा राम्रो विधि के हुन्थ्यो यस्तो अवस्थामा भने सरकारी माध्यमबाटै खरिद गर्दा ल्याउन सजिलो हुन्थ्यो', उनले अगाडि भने, 'हामीले छिमेकी मुलुकहरुसँग स्वास्थ्य सामाग्री हामीलाई यो यो चाहियो सहयोग गर्नुहोस् भनेर पठाएको पनि हो। तर दुईवटै छिमेकी मुलुक आफैँ समस्यामा पनि भएकाले हामीले आजसम्म पनि जीटुजीमा खरिद गर्न नसकेको हो।'

उनले त्यहीकारण निजी क्षेत्रलाई हामीले आव्हन गर्नु परेको पनि स्मरण गराए। 'यदि सरकारी तबरबाटै खरिद गर्न सकिन्छ भने सबैभन्दा राम्रो त्यो हुन्छ त्यो पनि प्रयास गर्ने भन्‍ने पनि आज छलफल भएको छ', खतिवडाले पत्रकारहरुको जिज्ञासामा भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.