|

इंग्ल्यान्डका क्रिकेटर जोस बटलरले गत वर्ष एकदिवसीय क्रिकेट विश्वकप च्याम्पियन बन्दा लगाएको आफ्नो जर्सी लिलामी गर्ने भएका छन्। बटलरले लिलामीबाट आएको रकम कोरोनाभाइरसबाट पीडितको उपचारका लागि खर्च गर्ने जनाएका छन्।

२९ वर्षीय विकेटकिपर ब्याट्सम्यान बटलरले गत जुलाइमा न्युजिल्यान्डविरुद्धको रोमाञ्चक फाइनल जित्न महत्वपूर्ण भूमिका निभाएका थिए। उनले हाफ सेन्चुरी प्रहार गरेका थिए । साथै उनले सुपर ओभरको अन्तिम बलमा मार्टिन गुप्टिललाई रनआउट समेत गरेका थिए।

बटलरले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दे आफ्नो जर्सी लिलामी गर्ने जानकारी गराएका छन्। उनको जर्सीमा विश्वकप जितेको इंग्लिस टिमका सबै सदस्यको हस्ताक्षर रहेको छ। जो सुकैले पनि लिलामी गर्न सक्ने उनले जानकारी दिएका छन्।

उनले भने, ‘हामी सबैलाई थाहा छकि अस्पताल, डाक्टर, नर्स र नेशनल हेल्थ सर्भिसले यस समयमा निकै राम्रो काम गरिरहेको छ। उनीहरूलाई आगामी दिनमा हाम्रो सहयोग जरुरी हुने छ। त्यसक लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं।’

गत साता रोयल ब्राम्पटन र हेयरफिल्ड हस्पिटलले जीवनरक्षाका लागि चाहिने सामग्री खरिद गर्नका लागि च्यारिटी लन्चको आयोजना गरेका थिए। बटलर भने ‘उनीहरूको यो प्रयासलाई सहयोग गर्नका लागि मैले आफ्नो जर्सी डोनेट गर्ने निर्णय गरेको छु। यो त्यही जर्सी हो जो मैले गत संस्करणको विश्वकप फाइनलमा लगाएको थिएँ। यसमा इंग्ल्यान्डको तत्कालीन टिमका सबै सदस्यको हस्ताक्षर रहेको छ।’ ब्रिटिश टिभी प्रस्तोता पियर्स मोर्गनले सुरुवातमा १० हजार पाउन्डको बोलीलगाएका छन्। तर लगतै यो १२ हजार पाउन्ड पुगेको छ।

इंग्ल्यान्डमा अहिले सबै खाले खेलकुद प्रतियोगिताहरू स्थगित भएका छन्। देश कोभिड १९ सँग जुधिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.