|

बारा : हालै भारतको राजधानी नयाँदिल्लीमा आयोजित मुस्लिम समुदायको धार्मिक भेला तबलिकी जमातबाट आएकामध्ये ११ जनालाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा पठाएको छ।

भारतीयको सिमावर्ती क्षेत्र बाराको विश्रामपुर गाउँपालिकाको कल्याणपुर गाउँ हुँदै नेपाल भित्रिएका ११ जना मुस्लिम समुदायलाई बारा प्रहरीले नियन्त्रमा लिएको थियो।
भारतबाट लुकिछिपि नेपाल प्रवेश गरेकालाई सुरक्षा दिइरहेका सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएका थिए। भारतबाट आफ्नो धार्मिक जमात सकेर नेपाल प्रवेश गर्दा पक्राउ परेकामा कोरोना भाइरसको संक्रमणको अशंका गरिएको छ।

भारतमा जमातबाट फर्केकालाई कोरोना भाइरस परीक्षण गर्न क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। उनीहरूलाई स्वास्थ्यकर्मी निगरानीमा १४ दिन सम्म क्वारेन्टाइमा राखिने उनले बताए।

त्यसैगरी बाराको करैयामाई गाउँपालिकाको माधुवान गाउँ हुँदै नेपालबाट भारत जाँदै गरेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘रातको समयमा प्रहरीको आँखा छलेर भारतमा कारखानामा काम गर्न जान लागेका अवस्थामा पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक पंगेनीले भने,‘पक्राउ परेका ११ जना भारतीय र २ नेपालीलाई सुवर्ण गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ।’ उनीहरूलाई माधुवानका प्रहरी चौकीका प्रहरी टोलीले नियन्त्रणमा लिएका थियो।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.