व्यावसायिक संस्था झैँ सेनालाई प्रयोग नगर्न आग्रह

|

काठमाडौं : स्वास्थ्य सामग्री खरिदको ठेक्का नेपाली सेनालाई दिने सरकारको निर्णयलाई लिएर विभिन्‍न प्रश्‍न उठ्न थालेका छन्। विभिन्‍न दलका नेताहरुले सेनालाई ठेक्का दिने निर्णयमा गम्भीर प्रश्‍न उठाएका हुन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा व्यावसायिक संस्थालाई झैँ नेपाली सेनालाई प्रयोग गर्न नहुने बताएका छन्।

सरकारले कोरोना भाइरसविरुद्ध लड्न सेनामार्फत अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेपछि थापाले यस्तो काममा सेनालाई प्रयोग गर्न नहुने बताएका हुन्। सेनाको कार्यक्षेत्रबाहिरको काममा सेना आफैँले पनि रुचि देखाउन नहुने थापाको धारणा छ।

‘सार्वजनिक खरिद बिक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुँदैन', उनले भनेका छन्, 'सेनाले पनि त्यस्तो कामको जिम्मेवारी स्वीकार्नु हुँदैन।'

स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयले सरकार असक्षम प्रमाणित हुने तर्क थापाले गरेका छन्। 'यस्तो निर्णयले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको देखाउँ र असक्षम प्रमाणित गर्दछ', उनले भनेका छन्, 'मलाई लाग्दैन कि हामी त्यो अवस्थामा पुगिसकेका छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.