खाद्य सामग्री लिएर गएको ट्रयाक्टर बरुण नदीमा डुब्यो

|

संखुवासभा : तीन महिनादेखि किमाथांका नाका बन्द भएपछि संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको किमाथांकामा खाद्यान्न संकट भएको छ। कोरोना भाइरस फैलिएपछि ३ महिनादेखि चीनले किमाथांका नाका सिल गरेको छ। 

जसका कारण उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। किमाथांका नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार प्रवेशमा चीने रोक लगाएपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकटको भएको अध्यक्ष भोटेले बताए। विकट भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच अहिले पनि पुग्न सकेको छैन। कोरोना भाइरसका संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गते बाट किमाथांका नाका बन्द गरेको थियो।। किमाथांका सदरमुकाम खाँदबारीबाट बाट ४ दिनको पैदल दूरीमा पर्छ। 

चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ नम्बर वडाका रिदाक, थुदाम, छुमसुरलगायत गाउँमा खाद्यान्न संकटको अवस्था आएको अध्यक्ष भोटेले बताए। वडा नम्बर १ र २ वडाका २ सय १४ परिवारको खाद्य संकटपछि विचल्ली हुने भएको छ। 

बरुण नदीमा चामल डुब्यो 

भोटखोलाकाको किमाथांकाका लागि सदरमुकाम खाँदबारीबाट चामल बोकेर हटिया जाँदै गरेको ट्रयाक्टर बरुण नदीमा डुबेको छ। १ सय २० बोरा चामल बोकेर ट्रयाक्टर डुब्दा १७ बोरा चामल बरुण नदीले बगाएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। हटिया जाने बरुण नदीमा राखेको ह्युमपाइप नदीले भत्काएपछि ट्रयाक्टर नदीमा डुबेको हो। 

नदीमा डुबेको ट्रयाक्टर र चामल स्काभेटरको सहयोगमा निकालिएको उनले बताए। १ र २ नम्बर वडाका लागि लगिएको चामल पानीमा डुबेर भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए। किमाथांकामा खाद्यान्न संकट भएपछि गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट १९ गते देखि ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.