|

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा सातौँ कोरोना संक्रमित नभेटिएको स्पष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. बिकास देवकोटाले विभिन्न सञ्चारमाध्याममा पोखरामा नयाँ संक्रमित भेटिएको समाचार आएको भन्दै कोरोना भाइरस पोजेटिभ रिपोर्ट नआएको स्पष्ट पारे ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले प्रदेशमा मेसिन र उपकरणहरु नयाँ जडान गरिएकाले त्यसले ठिक नतिजा दिन्छ कि दिदैँन भन्ने जाँज गर्न पनि सुरुसुरुमा आएको रिपोर्ट पुनः परीक्षण गरेर मात्र अन्तिम परिणाम भन्न सकिने बताए । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.