|

बागलुङ : कोरोना भाइरसबाट संक्रमण भएकी बागलुङकी एक महिलालाई अस्पतालमा भर्ना गरेर उपचार गराउने तयारी भएपछि बोलाइएको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको विषय यतिबेला चर्चामा छ।

यो घटनाले अन्य स्वास्थ्य क्षेत्रका सवारी र एम्बुलेन्सको अवस्था पनि त्यस्तै हुनेमा धेरैको चासो बढ्यो। आवश्यक तालिम र सुरक्षा सामाग्री नभएकोले उक्त घटना भएको हुनसक्ने उच्च सुरक्षा तहमा ठहर भएपछि सदरमुकाममा तालिम संचालन भएको छ।

नेपाली सेनाको २३ नम्बर बाहिनीअन्तर्गतको फिए गुल्मले शुक्रबार ७ जना चालकलाई तालिम दिएको छ। सेनाले उच्च सर्तकताका लागि अपनाउनुपर्ने उपायबारे सिकाएको अञ्चल अस्पतालका अध्यक्ष केवी रानामगरले बताए। सर्तकताको अभावका कारण बिहीबारको घटना भएको उनले बताए।

‘रेडक्रसका अध्यक्ष पाको भएर पनि कच्चा काम गर्नुभएको रहेछ,’ रानाले भने, ‘सुरक्षाको ग्यारेन्टी त दिनैपर्छ।’ चालकले नियुक्ती नपाएको भन्दै काम नगरेको घटनामा भने रेडक्रसले कमजोरी स्वीकार गरेको छ।

कोरोना संक्रमणबाट बच्ने र संक्रमणको बेला सुरक्षित रहन लगाउनुपर्ने पिपिई लगायतबारे चालकलाई तालिम दिइएको हो। संक्रमितको स्वाब संकलन गर्दा ओरिजिनल पिपिई चाहिने र चालकका लागि सामान्य खालको पिपिइ भएपनि हुने चिकित्सकले बताए।

प्रत्यक्ष सम्पर्क नगर्नेका लागि चाहिने पिपिई विभिन्न दाताले पनि उपलब्ध गराएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.