|

विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)का विरुद्ध पूर्व-सतर्कता अपनाउँदै जनचेतनाका लागि डोल्पाली युवा जुटेका छन्।

ठूलिभेरी नगरपालिका-५ माझफालमा डोल्पा परिवर्तन सेवा समाजका अध्यक्ष रेखामान बुढा र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी डोल्पा शाखाका प्रमुख चन्द्रमान बुढाको नेतृत्वमा प्रत्येक घरधु लाई साबुन वितरणसहित जनचेतना फैलाइएको छ।

आफ्नो वडाका ३८० घरधुरीमा साबुन वितरणसँगै कोरोना भाइरससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको स्थानीय युवा रेखामान बुढाले बताए।

'कतिपय लाई हात कसरी धुनपर्छ भन्ने पनि थाहा रहेनछ,व्यक्तिगत रुपमा दुई दिने अभियान नै सञ्चालन गरेर प्रत्येक घर–घरमै पुगेर जनचेतना फैलाइयो' स्थानीय युवा रेखामान बुढाले भने।

सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण

यस्तै म्याग्दीमा लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ। नविन आनन्दयोग केन्द्र शाखा गलेश्वर र गलेश्वरधाम आमा समूहले संयुक्त रुपमा बिहीबार गलेश्वर बेनी बजार क्षेत्रमा खटिएका सुरक्षार्कीलाई सामाग्री सहयोग गरेका हुन्।

दिनरात नभनी लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षार्कीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्क, ग्लोब्स सहयोग गरिएको नवीन आनन्दयोग केन्द्र शाखा गलेश्वरका सचिब निसा महतले बताइन्।

नविन आनन्दयोग केन्द्र शाखा गलेश्वरका अध्यक्ष बालकुमार लामिछाने, सचिब निसा महत, कोषाध्यक्ष विन्दु कार्की पुर्जा, सहसचिब मनु फगामी लगायतको टोलीले गलेश्वर र बेनी बजार क्षेत्रका विभिन्न स्थानमा लकडाउनको लागि खटिएका सुरक्षार्कीहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए। टोलीले मास्क ५० थान, ग्लोब्स १ सय थान र खानेपानी ५ कार्टुन वितरण गरेको जनाएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.