|

म्याग्दी : म्याग्दीका ६ वटा स्थानीय तहहरुले कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि २ करोड ८४ लाख ५० हजार रुपैयाँको आकस्मिक कोष बनाएका छन्।
जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका, मंगला गाउँगापलिका र धैलागिरि गाउँपालिकाले छुट्टाटछुट्टै २ करोड ८४ लाख ५० हजार रुपैयाँको आकस्मिक कोष बनाएका हुन्। 

बेनीले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैयाँको कोष स्थापना गरेको छ भने अन्नपूर्णले ७० लाखको। त्यसैगरी धवलागिरिले ५० लाख रुपैयाँको कोष स्थापना गरेको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए।

रघुगंगाले ३४ लाख रुपैयाँ जम्मा गरेको छ। यहाँ प्रत्येक वडामा क्वारेन्टाइनसमेत स्थापना गरिएको छ।  त्यसैगरी मंगलाले ३० लाख ५० हजार रुपैयाँको कोष खडा गरेको छ। मालिकाले पनि कोरोना भाइरस रोकथामका लागि ३० लाख रुपैयाँको कोष स्थापना गरेको छ। यसरी खडा गरिएको आकस्मिक कोषबाट गरिब तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरिने बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.