|

काठमाडौं : प्रवासमा रहेका नेपालीहरुको अवस्थाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्न थालेका छन्। कोभिड-१९ भाइरसले विश्‍वभर महामारीको रुप लिइरहेका प्रधानमन्त्री ओलीले सम्वाद थालेका हुन्। 

यसैक्रममा ओलीले शनिबार बहराइनका नेपालीको अवस्थाबारे बुझ्‍न त्यहाँका समकक्षीसँग टेलिफोन सम्वाद गरेका छन्। उनले उल्लेख्य संख्यामा नेपाली रहेका देशका प्रमुखसँग सम्वाद थालेको जनाएका छन्। 

'कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्दैछु। यसै क्रममा आज बहाराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरें', उनले सामाजिक सञ्जालमा भनेका छन्, 'त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।'

उनले नेपालीहरुको सुरक्षा चासोलाई लिएर अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि संवाद जारी राख्‍ने जानकारी दिएका छन्। 

बहराइनमा कति संक्रमित?

बहराइनमा कोरोना संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुराको जानकारी दिएको छ।

केही समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एकजना विदेशी नागरिककमा संक्रमण देखिएपछि त्यहाँ कार्यतर करिब चार सयलाई क्‍वारेनटाइनमा राखिएको थियो। त्यहाँ थप ९ जना नेपालीमा संक्रमण पुष्टि भइसकेको छ। 

यसअघि ३ जना नेपालीमा कोरोनाको संक्रमण देखा परेको थियो । बहराइनमा २ अप्रिल बेलुवा ८ बजे सम्म ३६,५०६ जनामा कोरोना संक्रमण भए-नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ । संक्रमित २५८ जना रहेकोमा तीनजनाको गम्भीर अवस्थामा छन्। संक्रमणबाट सन्चो भएर डिस्चार्ज हुनेको संख्या ३८१ पुगेको दूतावासले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.