|

रौतहट : रौतहटको विभिन्न स्थानीय तहका क्‍वारेन्टाइनमा बसेका २ सय ८ जना मध्ये १३ जना शनिबार घर फिर्ता भएका छन्।  जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लामा त्यसरी क्‍वारेन्टाइनमा बस्नेमध्ये १३ जना महिलासहित छन्। 

नेपाल आएको १४ दिन पुगेको र कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएका उनीहरुलाई घर पठाइइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत शशि मोहन दासले जानकारी दिएका हुन्। ती १३ जना मौलापुर, चन्द्रपुरलगायत क्‍वारेन्टाइनमा बसेका थिए। जिल्लामा निर्माण गरिएका २१ वटा क्‍वारेन्टाइनमा विदेशबाट फर्किएकालाई राखिएको छ। 

कोविड–१९ संक्रमितको उपचारका लागि भनी जिल्लामा २५ वटा आइसोलेसन बेडसमेत बनाइएको रौतहटका सिडिओ वासुदेव घिमिरेलेले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा गरी ८ सय ३६ बेडको क्‍वारेन्टाइन बनाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.