तस्करी राेक्न स्थानीय युवाकाे साथ

|

बर्दिया : कोरोना भाइरस (कोभिड १९) बाट बच्‍न देश लकडाउनमा छ। मानिसहरू घरभित्रै बसेका छन्। तर यसैको मौका छोप्दै बर्दियामा वन्यजन्तु तस्करहरू सलबलाउन थालेका छन्। 

बर्दिया राष्ट्रिय निकुञ्‍जमा वन्यजन्तु तस्करीमा संलग्नको आरोपमा प्रहरीले केही तस्करलाई पक्राउ गर्न सफल भएको छ। लकडाउन सुरु भएयता तस्करीमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन्। वन्यजन्तु र काठ तस्करीको आरोपमा उनीहरु पक्राउ परेका निकुञ्‍ज प्रशासनले जनाएको छ। उनीहरु सबै निकुञ्‍जको थुनुवा कक्षमा छन्। 

वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करीमा लागेका १८ जनालाई पक्राउ गरिएको बर्दिया निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। समातिएका सबैको स्वास्थ्य जाँच गरी थुनामा राखिएको बरालले बताए। लकडाउनका बेला बाहिर रहेका मानिस पनि घर आएका र बाहिर सुनसान भएकाले तस्करहरू निकुञ्‍जभित्र सक्रिय भएका निकुञ्‍जले बताएको छ। 

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्‍जले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएको बताएको छ। आजभोलि दिनहुँजसो निकुञ्‍जका सुरक्षार्थ खटिएका शिव दल गणका सेना र निकुञ्‍जका कर्मचारीले पैदल र गाडी दुवैबाट ‘स्विप अपरेसन’ गर्ने गरेका निकुञ्‍जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए। निकुञ्‍ज प्रशासन र सेनासँगै स्थानीय युवा पनि चोरीसिकार नियन्त्रणमा लागिपरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.