एकै दिन सात सय विदेशी घर फर्किए

|

काठमाडौ : नेपाल सरकारले लकडाउन गरेपछि विदेशी नागरिकले देश छाड्ने क्रम जारी छ। विदेशी एयरलाइन्स कम्पनीहरुले नेपालमा रहेका पर्यटकलाई लगिरहेका छन्। 

लकडाउनयता पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिनमा चारवटा विदेशी जहाजले उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

लकडाउन अवधिमा पनि शनिबार मात्रै सात सय भन्दा बढी यात्रु लिएर ती जहाज उडेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। शनिबार चेक एयरलायन्समा १ सय २ जना चेक नागरिक घर फर्किएको क्षेत्रीले बताए।

उनका अनुसार शनिबार कतार एयरवेजका २ वटा उडान भएको छ। जसमा जर्मन, फ्रान्स र युरोपियन युनियनका कर्मचारी लिएर गको छ। ६ सय भन्दा बढी युरोपेली नागरिक लिएर गएको छ।

त्यसैगरी मलेसियन एयरलाइसन्सले सिंगापुर र मलेसियन नागरिक लिएर पनि गइसकेको उनले बताए। उनले भने, 'त्यसमा पनि सिंगापुर नागरिक र मलेसियन नागरिक मात्र थिए।'

लकडाउन सुरु भएयता अन्तर्राष्ट्रिय उडानका लागि १५ भन्दा बढी विमानले अनुमति लिएर उडान भरिसकेका छन्। कतार एयरवेजले सबैभन्दा बढी नेपाल एयरलायन्सले तीन पटक उडान भरिसकेको छ। स्वास्थ्य सामग्री लिन चीन दुई पटक र अष्ट्रेलियाको एक पटक उडान भरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.